coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्याङजाको तीन नगरपालिकामा काँग्रेसको अग्रता

स्याङजाको गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका तथा कालीगण्डकी, हरिनास र फेदीखोला गाँउपालिकाको मतगणना सुरु भएको छ। गल्याङ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। पुतलीबजारमा काँग्रेसले नै आग्रत लिएको छ। भीरकोट नगरपालिकामा पनि काँग्रेसले नै अग्रता लिएको समाचार प्राप्त भएको छ।

गल्याङमा प्रमुखमा २४५७ मत, उपप्रमुखमा २४०६ मत प्राप्त भएको समाचार छ। नेपाली काँग्रेसका गुरु भट्टराई र उपप्रमुखमा हेमा न्यौपाने रहेका छन्। त्यसैगरी नेकपा एमाले प्रमुख उम्मेदवार सुर्यप्रसाद गैह्रे(१६०६)र उपप्रमुखमा देवी थापा(१६३०) रहेको छ।

त्यसैगरी पुतली बजार नगरपालिका स्याङजाको काँग्रेसका प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी ५९९ मतसहित अगाडि छन्। एमालेकी सीमाकुमारी क्षत्री ४३३ मत प्राप्त गर्दै पछ्याईरहेको अवस्था छ। काँग्रेसीकी उपप्रमुख उम्मेदवार देवी अर्याल ५४४ र एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार महेश पुरीको ४१२ मत ल्याएका छन्।

भीरकोट नगरपालिकाको काँग्रेसको प्रमुखको ७९ मत पाउँदा उपप्रमुख भगवती रेग्मीले भने १०३ मत प्राप्त गरेकी छन्। त्यसैगरी एमालेको तर्फबाट प्रमुखको उम्मेदवार विश्वनाथ अर्यालले ६४ मत पाउँदा उपप्रमुखकी सरस्वती अधिकारीले ४५ मत प्राप्त गरेको प्रारम्भिक नतिजाले देखाएको छ। कालीगण्डकी गाँउपालिकामा काँग्रेसका खिम थापाले ५९१ मत ल्याएका छन्। एमालेका सावित्रा कोईरालाले ४९३ मत प्राप्त गरेकी छन्। त्यस्तै काँग्रेसकी उपाध्यक्षमा माया रानाले १६५ मत ल्याउँदा जनमुक्तिका कृष्णकम लामिछानले २०३ मत प्राप्त गरेका छन्।  

प्रकाशित: ३१ वैशाख २०७९ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App