१६ चैत्र २०८० शुक्रबार
राजनीति

भरतपुर महानगरपालिकाको मतगणना सुरु

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। चितवन उद्योगसंघको प्रदर्शनी केन्द्रमा केहीबेर अघि सुरू भएको हो।

२९ वटा वडा रहेका भरतपुरमा वडा नम्बर १ बाट गणना सुरु गरिएको छ। अहिले एक ठाउँबाट गणना कार्य सुरु गरिएपनि पछि थप गर्दै लगिने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। 

उनका अनुसार वैशाख ५ गते भित्र अन्तिम नतिजा आउने गरी मतगणना गरिने छ। भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। मतगणना बिहान ९ बजेदेखि सुरु गर्ने भनिए पनि एजेन्ट राख्ने विषयमा विवाद हुँदा ढिला गरि सुरु भएको हो।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App