८ जेष्ठ २०७९ आइतबार
राजनीति

इलामको माङ्सेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल नै बिजयी

इलाममा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ। इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको हो।  

वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन्। वडा सदस्यमा एमालेकै टेकमान लिम्बू (३ सय ४५), धनबहादुर राई (३ सय १०), महिला वडा सदस्यमा कल्पना राई (३ सय ४४) र दलित महिला सदस्यमा गोमादेवी विक (३ सय ३८) विजयी भएका छन्।  

यो वडामा कांग्रेस र जनता समाजवादी गठबन्धनका गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार डिकेन्द्र इदिंगोले ४ सय ८७ र एमालेका हेमन्त राईले ३ सय ४६ मत ल्याएका छन्। उपाध्यक्षमा जसपाका विनोद नेम्बाङको ४ सय २१ र एमालेकी सुनिता सुब्बाको ३ सय ४७ मत आएको छ। यहाँको वडा ५ मा पनि मतगणना भइरहेको छ।  

 

 

प्रकाशित: ३१ वैशाख २०७९ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App