१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रौतहटमा एकीकृत समाजवादी, लोसपा र माओवादी अगाडि

रौतहटको तीन पालिकाको मतगणनाको पहोलो रुझान सार्वजनिक भएको छ। सदरमुकाम गौर, इशनाथ नपा र दुर्गा भगवती गावा गरी तीन पालिकाको पहिलो रुझान सार्वजनिक हुँदा मतदाताले पार्टीलाई भन्दा व्यक्तिलाई पत्याएको देखिएको छ।

सरदमुकाम गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादी अगाडि देखिएको छ। तीन सय पचास मत गन्दा एकीकृत समाजवादीले दुई सय पचिस, लोसपा नेपाल ६४ र कांग्रेसले ४१ मत पाएको छ। यसैगरी इशनाथ नगरपालिकामा ४६८ मत गन्दा लोसपा नेपाल १७१, नेपाली कांग्रेसले १४२ र नेकपा एमाले १०८ मत प्राप्त गरेको छ ।

यस्तै दुर्गा भगवती गाउपालिकामा सात सय मत गन्दा माओवादी केन्द्रले ३२८ र नेपालि कांग्रेसले २१६ मत प्राप्त गरेको छ। जिल्लाको अन्य पालिकामा पनि मतगणना को तयारी भैरहेको छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App