coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ। सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा प्रमुखमा नेकपा एमालेका पुष्करराज जोशी ३ सय ९८ मत ल्याएर अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ३ सय ३३ मत ल्याएका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकी कौशिला चन्द ३ सय ६७ मतले अग्रता लिएकी छन् भने एमालेकी सरस्वती नेपालीले ३ सय ५२ मतका साथ पछ्याइरहेकी छन्। पाटन नगर नगरपालिकामा प्रमुखमा कांग्रेसका गौरीसिंह रावलले २ सय २५ मत ल्याएका छन्। एमालेका नारायणसिंह भण्डारीले २ सय २०,उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा २ सय ८ र एमालेकी हरु भट्टले १ सय ९६ मत ल्याएकी छन्।

पुर्चौडी नगरपालिका प्रमुखका कांग्रेसका दिपकबहादुु बमले ४ सय ५ मत एमालेका कर्णबहादुर कुँवरले २ सय ७७ र माओवादी केन्द्रका बिक्रमबहादुुर कुँवरले २ सय ३३ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकी मीना धानुक ४ सय ७ एमालेकी जानकी साउँद २ सय ९३, माओवादी केन्द्रकी नन्दा साउँद २ सय ५१ मत ल्याएकी छन्।

मेलौली नगरपालिकामा एमालेका जगदिशसिंह नायकले ९६ मत कांगेसका प्रेमबहादुर चन्दले ९६ र माओवादी केन्द्रका भीमबहादुर चन्दले ७८ मत ल्याएका छन्। शिवनाथ गाउँपालिका प्रमुखमा कांगेसका कर्णसिंह साउँदले ६ सय ४१ मत, एमालेका हजारीसिंह साउँदले ५ सय ६ मत ल्याएका छन्। यस्तै सुर्नया गाउँपालिकामा कांग्रेसका गजेन्द्रबहादुर चन्द १ सय ९८ मत, एमालेका अम्मरबहादुर कुँवरले ३२ मत ल्याएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App