७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाँकेको नरैनापुरमा जसपा र एमालेको अग्रता

बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ।

अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा एमालेका पंचराम यादवले १ सय ७७, कांग्रेसकी अतिकुन निसाले १ सय ३४ र जनता समाजवादी पार्टीकी जयन्तिदेवी श्रीवास्तवले ९२ मत प्राप्त गरेकी छन्।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जयकिसान माध्यामिक बिद्यालय केन्द्रको मतगणना अहिले चलिरहेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए । उक्त वडामा मत गणनाको सुरुवाती चरणमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका थिए।

यसअघि ३०६ मत गणना हुँदा अध्यक्षमा कांग्रेसका मौर्यले १ सय २९, जसपाका इश्तियाक अहमद शाहको ९५ मत, एमालेका पदमावती यादवनीले ५१ मत प्राप्त गरेका थिए। यसैगरी उपाध्यक्षमा कांग्रेसकी अतिकुन निशाले १ सय २८ मत, जसपाकी जयन्तिदेवी श्रीवास्तवले ७७ र एमालेका पञ्चराम यादवले ४८ मत ल्याएका थिए।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App