८ वैशाख २०८१ शनिबार
राजनीति

तनहुँको भिमाद नगरपालिकाः मेयरमा एमाले, उपमेयरमा कांग्रेसको अग्रता

तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेको उम्मेद्वारले अग्रता लिएका छन्। वडा नम्बर १ को ४१७ मत गणना हुदासम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत पाएका छन्। 

एमालेकी उपमेयरकी उम्मेद्वार शारदा खनालले १०४ मत पाएकी छन्। गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ९९ र उपमेयरमा कांग्रेसका मिलन आलेले १७७ मत पाएका छन्। माओवादीबाट मेयरका उम्मेद्वार रामबहादुर थापाले ६२ र उपमेयर टोमाया रानाले ६३ मत पाएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका विष्णुभक्त खनालले १० मत पाएका छन्। हालसम्म २५ मत बदर भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App