८ वैशाख २०८१ शनिबार
राजनीति

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ।

मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो। उनका अनुसार हेटौँडाको चार  वडाको मतगणना एकैपटक सुरु भएको छ। ती वडा नं १, २, १८ र १९ छन् ।मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ।  

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।  

निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६  मतदान केन्द्र/उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए। 

प्रकाशित: ३१ वैशाख २०७९ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App