coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुर मतगणना स्थलमा कडा सुरक्षाः मतपेटिका ल्याइदै

भरतपुरको मतगणना स्थलमा मतपेटीका आउने क्रममा आउने क्रम जारी रहेको छ। मतगणना सकिए सँगै महानगरका २९ वटै वडाबाट कडा सुरक्षाका बिच चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतपेटिका आउने क्रम जारी रहेको हो। 

अहिलेसम्म ६५ मध्ये २६ स्थानबाट मतपेटिका आइपुगेका छन्। मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगर पालिकामा १ लाख ८५ हजार ७ सय ५१ मतदाता रहेका थिए। त्यसमध्ये भरतपुरमा ६५ प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। सबै वडाको मतपत्र आएसँगै सर्वदलीय बैठक बस्छ। त्यसले नै मतगणना समय निर्धारण गर्नेछ।

प्रकाशित: ३० वैशाख २०७९ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App