६ वैशाख २०८१ बिहीबार
राजनीति

धादिङका कुन नेताले कहाँबाट गरे मतदान?

वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका–२ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले मुलुक र संविधानको रक्षाको पक्षमा मतदान गरेको बताए। देशभर पाँच दलिय गठबन्धन रहेको र गठबन्धन दलका उम्मेदवारहरु नै विजयी हुने विश्वास गरे। धादिङमा समाजवादीबाट पालिका प्रमुखमा २ जना र उपप्रमुखमा ४ जना उम्मेदवार छन्।

त्यस्तै वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले पनि धादिङको गजुरी गाउँपालिका–७ को किरान्चोक कटुन्जे मावि डाडागाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन्। ज्वालामुदी गाउँपालिका अध्यक्षका दुई उम्मेदवारले भने एउटै मतदान स्थलबाट मतदान गरेका छन्।

गठबन्धनको तर्फबाट यमनाथ दनै र एमालेको तर्फबाट हरिराम लोहनीले एउटै मतदान स्थलबाट मतदान गरेका छन्। ज्वालामुखी–७ को स्थानापती आधारभुत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनसँग नेकपा एमाले एक्लै छ।

जिल्लाको १३ पालिका मध्य एउटै मतदान स्थलबाट अध्यक्ष पदका प्रतिस्पर्धी उम्मेदवारले मतदान गरेको यो एक मात्र पालिका हो। धादिङ जिल्ला प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीले पनि यसै मतदान स्थलबाट मतदान गरेका छन्।

संविधानसभा सदस्य गुरु प्रसाद बुर्लाकोटीले पनि ज्वालामुखीकै सालबास मतदान केन्द्रबाट मतदान गरेका छन्। वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकाराम जमरकट्टेलले गजुरी गाउँपालिका–७ को मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले बेनिघाट रोराङ–३ को रिचोकटार मतदान केन्द्र, प्रदेशसभा सांसद जगत सिंखडाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ को मतदानकेन्द्रबाट, प्रदेशसभा सांसद डा. रामकुमार अधिकारीले नीलकण्ठ गाउँपालिका – १४ को मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App