coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपत्र भद्दा भयोः यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतपत्र भद्दा भएको आरोप लगाएका छन्। शुक्रबार विराटनगर–१४ स्थित स्नात्तकोत्तर क्याम्पस मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै निर्वाचन आयोगले सहज किसिमको मतपत्र बनाउन नसकेको आरोप लगाएका हुन्।  

‘मतपत्र भद्दा हुँदा सर्वसाधारणले सहज रुपमा मतदान गर्न पाएनन्,’ यादवले भने, ‘मतपत्रकै कारण धेरै मत बदर हुने स्थिति देखियो।’ उनले,  सर्वसाधारणलाई होइन निर्वाचन आयोगलाई नै मतदान शिक्षाको आवश्यकता देखिएको बताए। यादवले भने, ‘चेतना र शिक्षाको अभाव भएको मुलुकमा दुई दुई पन्नाको लामो मत पत्र बनाउन हुन्न थियो। मतपत्र दुई तीन भागमा बाँडेर दिँदा सहज हुन्थ्यो।’  

दलहरुले दिएको सुझावलाई आयोगले बेवास्ता गर्दै सुझावको आधारमा काम नभएको बताए। ‘आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमै त्रुटी देखियो,’ यादवले भने, ‘समयमै सच्याउनु पर्ने थियो। तर, आयोगले सच्याउने काम गरेन।’ विराटनगरमा गठबन्धनतर्फबाट यादवका छोरा अमरेन्द्र यादव उपमेयरको उम्मेदवार रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App