८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा भोट राख्न चिटको साहारा

भरतपुरमा मत राख्न चिटको साहारा लिएको पाइएको छ। भरतपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा सत्तारुढ गठबन्धनको चिट फेला परेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको मतदान केन्द्र रहेको विद्यालयमा गठबन्धनका दलले मत राख्न चिटको साहारा लिएका हुन्।

मतपत्र भरेर निस्किँदै गर्दा मतदान एक महिला अधिकृतले चिट जफत गरेकी थिइन्। तर, निर्वाचन आयोगले निर्देशित गरेको योजना अनुसार, मतदान केन्द्रमा कुनै चिट लैजान पाइदैन। शारीरिक असक्त्त भएका व्यक्ति, ज्येष्ट नागरिक भएका बाहेक अरुले आफैं मतदान गर्नुपर्ने हुन्छ। तर, त्यहाँ चिटसहित आफै भोट राख्न सक्ने व्यक्तिहरु गएर भोट राखिरहेका छन्।

सत्तारुढ गठबन्धनले राज्यको शक्ति दुरुपयोग गरेर निर्वाचनको हनन् गरेको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले बताए। ‘लोकतन्त्रमा चिट चोरेर भोट हाल्न जानु निर्वाचनको हनन् र जनताको प्रति बफादारी हो। जनताको अभिमतमाथि शिर झुकाउँछ, उनले भने, लोकतन्त्रवादी हुँ भन्नेले जनतालाई सम्मान गर्छु भन्न मिल्दैन।’

उनले यसपछिको परिणाम चितवन बासीले स्वीकार नगर्ने जिकिर गरे। ठिक छ हामीले हारौँला जितौला। पद्धति त स्वीकार गर्नु पर्‍यो नि? उनले नेपाली कांग्रेस सभापति राजेश्वर खनाल प्रति संकेत गर्दै भने, राती राति यस्ता चिट बाड्ने व्यक्ति लोकतन्त्रवादी हुँदैन।

खनाल भरतपुर महानगरपालिका १३ मा राति १ बजे गठबन्धनले मत राख्नका लागि बनाएको लिस्ट बढ्दै गरेको अवस्थामा समातिएका थिए। अहिले गठबन्धनका कारण मतदाता झुकिँरहेका छन्। मत परिणाम आफ्नो पक्षमा पार्न गठबन्धनले भरतपुरमा लिस्ट बाड्दै हिडेको छ। केही मतदान केन्द्रमा मतदाताको गोजीमा नमुना मतपत्र फेला परे सुरक्षाकर्मीले फर्काइदिने गरेको छ।

भरतपुरमा पाँच दलिय सत्ता गठबन्धन छ। विभिन्न चुनाव चिन्हमा मतदान गर्नुपर्ने भएकाले गठबन्धन समर्थकहरुलाई मतदान गर्न झण्झट हुने गरेको छ। भरतपुरमा सत्ता गठबन्धनबाट मेयरमा रेनु दाहाल, एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबीच मुख्य प्रतिस्पर्धा छ। तर, महानगरपालिकामा २७ जनाले महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App