८ वैशाख २०८१ शनिबार
राजनीति

बागमती प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले गरे मतदान

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका २ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष समेत रहेका पान्डेले मुलुक र संविधानको रक्षाको पक्षमा मतदान गरेको बताए।

देशभर पाँच दलीय गठबन्धन रहेको र गठबन्धन दलका उम्मेदवारहरु नै बिजयी हुने बिश्वास गरे। धादिङमा समाजबादीबाट पालिका प्रमुखमा २ जना र उपप्रमुखमा ४ जना उम्मेदवार छन्।

त्यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले पनि धादिङको गजुरी गाउँपालिका वडा न ७ को किरान्चोक कटुन्जे माबी डाडागाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App