१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाराजगंज नगरपालिका उपप्रमुख उम्मेदवार शुभावतीको मृत्यु

कपिलवस्तुको महाराजगंज नगरपालिकामा कांग्रेसको तर्फबाट नगर उपप्रमुख पदकी उम्मेदवार ५५ वर्षीया शुभावती कुर्मीको सोमबार मध्यरातमा मृत्यु भएको छ। 

कांग्रेस क्षेत्र नम्बर २ की महासमिति सदस्य समेत रहेकी उनी मतदाताहरुसंग राति भेटघाटपछि नगरपालिका–२ गैडहवास्थित आफ्नो घरमा फर्किएपछि हृदयघातका कारण उनको मृत्यु भएको हो। दिनभर घरदैलोमा सहभागि भएर आएकी उनको सोमबार राति एक्कासी छाती दुखेको थियो। उपचारका लागि तौलिहवा अस्पताल पुर्‍याएकी उनको मंगलबार बिहान करिब १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले बताए। तौलिहवा अस्पतालमा उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए। 

नेपाली काँग्रेस पार्टीबाट नगर उपप्रमुख पदकी उम्मेदवार रहेकी उनले २०७४ को स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा चुनाव जितेकी थिईन्। महाराजगंज नगरपालिकामा उनीसहित उपप्रमुख पदमा नेकपा एमाले, माओवादी केन्द्र लोकतान्त्रिक समाजवादी पार्टीसहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सो विषयमा निर्वाचन आयोगलाई जानकारी गराई निर्देशन अनुसारको प्रकृया अघि बढाईने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए। कांग्रेस कपिलवस्तुले सो पदमा अर्को उम्मेदवार बनाएर वैशाख ३० गते नै मतदान गर्न सहमति भए तोकिएकै समयमा निर्वाचन हुन सक्ने शर्माले बताए। 

उता शोभावतीको मृत्युमा कांग्रेस कपिलस्तुले समवेदना प्रकट गरेकाे छ। कांग्रेस जिल्ला सभापति तथा महाराजगंज नगरपालिकाका मेयरका प्रत्याशी अब्दुल कलामले मुखैमा आएको निर्वाचनको बेला शोभवतीको मृत्युले पार्टीलाई अतुलनीय क्षति पुगेको विज्ञप्ती निकालेर समवेदना प्रकट गरेका छन्।

मृतकको शवलाई बर्गदीघाटमा दाहसंस्कार गरिने छ। शोभवतीका श्रीमान ४ छोरी र २ छोरा छन्। उनका श्रीमान रामअचल कांग्रेस महाराजगं नगरपालिकाका नगर अध्यक्ष हुन्। यसअघि बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारी र कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार बनेका राजेन्द्र थारु चौधरीको समेत मृत्यु भएको थियो।

प्रकाशित: २७ वैशाख २०७९ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App