coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मलाई हेरेर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुस्: नेता केसी

संयुक्त गठबन्धनको आमसभालाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी।

विदुर नगरपालिकाको मुहार परिवर्तनका लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई  मतदान गरिदिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मतदाता समक्ष आग्रह गरेका छन्।

भ्रष्टचार मुक्त र समृद्ध नगर निर्माण गर्नलाई गठन्धनबाट साझा उम्मेदवारको रुपमा युवाहरु खडा भएको भन्दै नेता केसीले निर्वाचनमा मेयरमा राजनलाल श्रेष्ठ र उपमेयरमा प्रभा बोगटी विजयी हुनु आवस्यक रहेको बताए। निर्वाचनमा विजयी भए पश्चात उनीहरुको मात्र नभई समग्र जिल्लाको उन्नती हुने नेता केसीको भनाई छ। 'तीन वटा दलको साझा उम्मेदवारको अनुहार हेरेर, पार्टीलाई हेरेर मतदान गर्नुस्। त्यतिले पनि नभए म अर्जुननरसिंह केसीलाई हेरेर जिताइदिनुहुन हार्दिक अनुरोध गर्दछु,' नेता केसीले भने, 'अन्तर पार्टी बिचमा भएको मतभेदलाई छोड्नु पर्छ। संयुक्त रुपमा सुरु भएको अभियानलाई सफल पार्नु आवस्यक छ।  चौतर्फी रुपबाट विकासको गतिलाई अगाडी बढाउनुपर्छ।'

नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच समझदारी भई शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी गतिविधिहरु सञ्चालन भइरकेको अवस्था छ। बट्टारस्थित हावा घरमा सोमबार गठबन्धनको आमसभा भएको थियो। वैशाख पहिलो साता नुवाकोट आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै महत र नरसिंह आए पनि  एमालेको जित सुनिश्चित रहेको बताएका थिए। उक्त सवाललाई जवाफ फर्काउदै नेता केसीले भने, 'उहाँले नरसिंह र महतको मात्रै कुरा गर्नुभयो। यहाँ बहादुरहरु पनि छन् भन्ने बिर्सनुभयो। उहाँको उम्मेदवारहरुलाई हाम्रा उम्मेदवारहरुले पराजित गरेरै छाड्छन्। चिन्ता गर्ने कुनै विषय छैन।'

उक्त आम सभामा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केन्द्रीय स्तरका नेताहरुले संवोधन गरेका थिए। नुवाकोटको १२ स्थानीय तह मध्ये विदुर नगरपालिकालाई विशेष महत्वको साथ हेरिएको छ। गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसबाट राजनलाल श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी साझा उम्मेदवारकोरुपमा रहेका छन्। विदुरमा गठबन्धनको उम्मेदवारहरुलाई टक्कर दिन  नेकपा एमालेबाट मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेल चुनावी मैदानमा छन्।

प्रकाशित: २६ वैशाख २०७९ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App