जनकपुरधाम उपमहानगरपालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह। नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत ल्याएका थिए भने तत्कालीन (राजपा) बाट उम्मेदवारी दिएका लाल किशोर साह २१ हजार ९ सय ३ मत ल्याएर विजयी भएको थियो।
जम्मा २५ वडा भएको पालिकामा मेयर उपमेयरसहित १२ वटा वडामा (राजपा) का उम्मेदवारले जीत हात पारेका थिए। कांग्रेसले ७ वटा, संघीय समाजवादी फोरमले ३ वटा, एमालेले २ वटा र एक वडामा स्वतन्त्र उम्मेदवारले निर्वाचित भएका थिए। त्यतिबेला मधेसमा आन्दोलन चलेको थियो। आन्दोलनको रापताप सेलाएका थिएन।
आन्दोलबाट सिधै निर्वाचनमा होमिएका कारण मधेस आन्दोलनका केन्द्रविन्दु मानिएका जनकपुर र विरगंज महानगरपालिकामा मधेसवादी दलले जीत हासिल गर्न सफल भएका थिए। तर अहिले त्यस्तो आन्दोलनको रापताप छैन। छ त केवल पार्टीको घोषणापत्र र उम्मेदवारले बाँडदै गरेको अश्वासन।
अघिलो निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा तत्कालीन (राजपा) बाट निर्वाचित भएका निवर्तमान मेयर लाल किशोर साह कित्ता फेरिएको छ। उनी अहिले उपेन्द्र यादव नेतृत्व (जसपा) बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका छन्। राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर जसपा बनेको थियो।
मधेसका दुई राजनीतिक शक्ति मिलेर बनेको जसपा धेरै सयमसम्म टिक्न सकेनन्। जसपा विभाजित भयो। केही नेता यथास्थितिमा बसेपनि अधिकांश (राजपा) बाट आएकाहरु (लोसपा) गठन गरे र संघीय समाजवादी फोरमबाट आएकाहरु (जसपा) मै बसे।
जनकपुरका निवर्तमान मेयर साह निर्वाचित भएको दल छाडी उपेन्द्र यादवको साथमा उभिएकाले जसपाको तर्फबाट साहलाई जनकपुर उपमहानगरपालिकामा साझा उम्मेदवार बनाएको छ। विगतको निर्वाचनमा तत्कालीन (राजपा) बाट पालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य गरी ७४ जना निर्वाचित भएका थिए।
त्यसमध्ये एक जना वडा अध्यक्षसहित साह मात्रै (जसपा) मा छन्। गत निर्वाचनमा चौथों नम्बरमा रहेका संघीय समाजवादी फोरम (हालको जसपा) ले यसपालि आफ्नो उम्मेदवारर्लाइ कसरी जिताउला चुनौतीपूर्ण देखिएको छ। यद्यपि गठबन्धनको साथ र सहयोग भए भने उनलाई चुनाव जीत्न त्यति गाह्रो देखिदैन्।
जनकपुरको निर्वाचनमा जातीय फ्याक्टर महत्वपूर्ण मानिन्छ। यहाँ सबै भन्दा बढी जनसंख्या तेली जातको छ भने दोस्रो साह त्यसपछि अन्य अन्यको। यहाँ उम्मेदवारी दिएका अधिकांश उम्मेदवार साह र तेली जातीबाट छ।
तेली र साहको मत विभाजन हुनेछ यसको फाइदा उम्मेदवार साहलाई हुने देखिन्छ। दलगत हिसाबले १८/२० हजार हराहरीको संख्यामा रहेको मुस्लिम र यादव मतदाता साहको पक्षमा देखिन्छ। प्रमुख पदमा एमालेबाट शिवशंकर साह हिरा, लोसपाबाट मनोज चौधरी, जसपाबाट लाल किशोर साहले उम्मेदवारी दिएको छ।
‘राजपाबाट निर्वाचित भएका १२ वटा मध्ये ८ वटाका निवर्तमान वडा अध्यक्षहरु लोसपा छन्। लोसपाको संगठन ग्राउनडमा छ। ७४ जना निर्वाचित सदस्यहरु मध्ये ७१ जना हामीसँग छ। लोसपाका उम्मेदवार मनोज चौधरी बताउँछन्।’ उनले भने ‘हिजो पनि व्यक्ति होइन साइकल छापले जितेको हो आउने चुनावमा पनि साइकल छापलेनै जित्ने छ।’
जनकपुरमा एमालेको संगठन बलियो छैन। एमालेबाट ब्यापार संघका पूर्व अध्यक्ष शिवशंकर साह हिराले मेयरमा उम्मेदवारी दिएको छ। एमालेको पछिल्लो उम्मेदवारले ४ हजार ८ सय ६५ मत ल्याएर तेस्रो स्थानमा थिए।
पार्टीको उम्मेदवारलाई बागीको डर।
पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा गरेको चुनावी तालमेल अनुसार जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेस नगरसभापति मनोज साह पार्टीको सधारण सदस्य समेत त्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको छ।
‘जनकपुरमा कांग्रेसका स्थितिबारे यहाँ कांग्रेसीलाई थाहा छ। पार्टी सभापतिलाई होइन हामीले उम्मेवारी नदिदां यहाँ कांग्रेस जोगाउन गाह्रो थियो। त्यसैले हामी रुख छाप नपाएपनि रुख छापकै साथीहरुको सल्लाह अनुसार उम्मेदवारी दिएका हौं।’ उनले भने ‘मधेसवादी दलका नेतृत्व ५ वर्ष नगरबासीले हेरिसकेको छ। फेरी उनलाई मत हाल्दैन रुखको मत कता जाने? कांग्रेसको मत हामीनै पाउने हो। हामीले रुखको पाउँछौं र चुनाव जित्ने छौं।’
एमालेले शिवशंकर साहलाई उम्मेदवार बनाएपछि एमालेबाट बागी बनेर उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको छ। त्यस्तै राजपाबाट निर्वाचित भएका वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष जानकीराम साह लोसपाबाट टिकट लिने दौडमा थिए। तर लोसपाबाट टिकट नपाएपछि उनी एमालेमा प्रवेश गरेका थिए। त्यहाँ पनि टिकट नपाएपछि ६ दिनमै एमालेबाट फर्किर स्वतन्त्र उम्मेदपारी दिएको हो।
जानकीराम तेली जातबाट एक्ल उम्मेदवार हुन्। जनकपुरमा तेली जातीको १७ हजार जति मतदाता छन्। उनी सुरुदेखि नै लोसपाबाट टिकटको अकाक्षी थिए। तर लोसपाले टिकट नदिएपछि एमालेमा आए एमालेले टिकट नदिएपछि ६ दिनमा एमालेबाट फर्किएको हो त्यसैले उनी लोसपाकै बागी उम्मेदवार रहेको एमालेका उम्मेदवार हिरा बताउँछन्।
त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार हुन बलराम महतो उनी ठेकेदारी पृष्ठभुमिबाट आएको हो। उनी रमण कन्स्ट्रक्सन मालिक हुन्। यद्यपि उनले आफू ठेकेदारी पेशा त्यागेर सेवाको भावना बोकेर मेयरमा उम्मेदवारी दिएको बताउँने गरेका छन्। दलीय व्यवस्थाले जनकपुरबासीले आजित भैइसकेको हुनाले आफू स्वतन्त्र उम्मेदवारी दिएको हुँ। स्थानीय तहमा दलको दलदलीमा नफस्ने नगरबासीले आफूलाई मत दिन्छ उनको विश्वास छ।
प्रकाशित: २६ वैशाख २०७९ १०:३७ सोमबार