coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्ष कायम गर्नेः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उम्मेदवारको मुख होइन नेपाली काँग्रेसको चुनाव चिन्ह रुखलाई हेरेर मतदान गर्न आग्रह गरेका छन्।  

पार्टीको लागि चुनाव प्रचार प्रसारको क्रममा रौतहटका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रखर युवा नेता थापाले नेपाली काँग्रेस पार्टीका कार्यकर्ताहरुमा केही असन्तुष्टि भए संस्थागत रुपमा व्यक्त गर्ने तर लोकतन्त्रको महाअभियानमा हुने चुनावमा भने पार्टीको चुनाव चिन्हबाहेक अरु केही नहेरी मतदान गर्न आग्रह गरेका हुन्।

नेता थापा रौतहट सन्तपुर, हर्षाहा, गरुडा, ईशनाथ लगायतका स्थानमा चुनावी सभामा सहभागी हुँदै नेपाली काँग्रेसका उम्मेदवारहरुको हौसला बढाएका छन्।

नेता थापाले स्थानीय तहमा नेपाली काँग्रेसको उम्मेदवार विजयी भएका केन्द्रबाट आफूले थप बजेटको व्यवस्था गर्ने पनि बताएका छन्। नेता थापाले नेपाली काँग्रेसको केन्द्रीय नीतिलाई स्थानीय तहमा लागू गर्न स्थानीय सरकार नेपाली काँग्रेसको हुनुपर्ने जिकिर गरेका छन्। नेता थापाले स्थानीय सरकारमा नेकाको पहुँचले स्थानीय लोकतन्त्र बलियो हुने बताउँदै सबैलाई मतदान गर्न पनि सुझाव दिएका छन्। देशमा लोकतन्त्रको रक्षक नेपाली काँग्रेस मात्र भएकोले सबैले लोकतन्त्रलाई बचाउन पनि मतदान गर्नुपर्ने सुझाव नेता थापाको रहेको छ।

नेता थापाले नेपाली काँग्रेसको बहुमतको सरकार भएका वृद्ध पेन्सनको उमेर ६५ वर्ष कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।  

देशमा गठबन्धन बाध्यता भएको र नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलले सफलतापूर्वक देश संचालन गरिरहेको बताएका छन्।

प्रकाशित: २३ वैशाख २०७९ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App