coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कालिकोट र जुम्लामा मतपत्र आइपुग्यो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र कालिकोट पुगेको छ। जिल्ला निर्वाचन अधिकृत नन्द्रराम चौलागाईंका अनुसार ९१ हजार मतपत्र कालिकोट आईपुगेको हो। उनका अनुसार ८२ पेटिमा ९१ हजार मत पत्र कालिकोट आईपुगेको छ। अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित खटिने कर्मचारीले मतदान केन्द्रमा लौजाने बताए। उनले अहिले मतपत्र प्याकिङ समेत भईरहेको बताए।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस लालकाजि श्रेष्ठका अनुसार कालिकोटलाई आवश्यक ८० हजार ४सय १६ मत पत्र भए पनि यषमा १० प्रतिसत मतपत्र बढि आएको छ। कालिकोटको जम्मा मतदाता संख्या ८० हजार ४सय १६ मत रहेको छ। पुरुष ४१ हजार ९४४ जना र महिला ३८ हजार ४सय ७२ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ। जिल्लाभर ११९ निर्वाचन केन्द्र र १०० निर्वाचनस्थल छन्। स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा पछिल्लो समय निर्वाचन कार्यालयले तालिका अनुसार आ-आफ्नो काम गरिरहेको छ।  

यस्तै जुम्लामा पनि मतपत्र पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लामा ७६ हजार मतपत्र आइपुगेको जानकारी दिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १ सय ५२ पेटीमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको बताए। अहिले मतदानस्थलमा पठाउनका लागि मतपत्र प्याकिङको काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले जुम्लामा ६७ हजार ७ सय ४४ मतपत्र आवश्यक पर्ने भए पनि १० हजार मतपत्र बढी आएको बताए। जुम्लाको जम्मा मतदाता संख्या ६७ हजार ७ सय ४४ रहेको छ। पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४सय ७१ जना रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए।

निर्वाचन सुरक्षामा खटियो नेपाली सेना

निर्वाचन सुरक्षामा लागि कालिकोटमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लाका नौ वटौ स्थानीयतहको लागि निर्वाचन सुरक्षामा स्थलमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरेकाे हो। 

कालिकोटका सबै पालिकामा गरी १०१९ वटा मतदान केन्द्र रहेका छन्। तिनीहरु मध्ये केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन्। त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको बिषयमा जानकारी लिई सुरक्षा योजना तयार पारि नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिसकेको छ। सुरक्षा निकायले स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था गरि नेपाली सेनाका,सशस्त्र प्रहरी तीनै सुरक्षा समूह एकसाथ निर्वाचन सुरक्षाका लागि तयार भएका हुन्। 

प्रमुख जिल्ला अधिकारी रामहरि र्शमाका अनुसार  नेपालि सेना,  सशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भईरहेको बताए उनले कालिकोटबाट छनौट भएका ८ सय ९५ जना म्यादी प्रहरी समेत परिचालन भईसकेका जानकारी दिए। जुम्लामा पनि हरेक मतदानस्थल नजिकै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन भइसकेको छ।

प्रकाशित: २१ वैशाख २०७९ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App