coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय गाडीमा कांग्रेसको चुनाव प्रचार

कांग्रेसको झण्डा, चुनाव चिन्ह र उम्मेदवारको प्रचार सामग्री टाँसेर शनिबार दिउँसो सदरमुकाम धादिङबेसीबाट ग्रामीण वस्तीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी। तस्बिरः शंकर/नागरिक

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ।  

कांग्रेसको तर्फबाटनेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गरेकी हुन्।  

निर्वाचन आचारसंहिता विपरित उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेकी छन्। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटोसहितको प्रचार व्यानर प्रयोग गरेकी छन्।  

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।

कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले बताए। ‘कुनै दलका उम्मेदवारले होस् वा नेताहरुले प्रचारमा विदेशी नम्बरको गाडी प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख छ, आचारसंहिता विपरित त्यस्ता गाडी प्रयोग भएर कानून अनुसार कारबाही हुन्छ,’ ज्ञवालीले भने।

प्रकाशित: १७ वैशाख २०७९ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App