coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कलाकार निर्बिज बने एमालेबाट मेयर पदका उम्मेदवार

नेकपा एमालेले रौतहटमा एक जना साहित्यकार तथा कलाकारलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख पदमा साहित्यकार तथा कलाकार विजय यादव निर्बिज उम्मेदवार बनेका हुन्।

नेपाल चलचित्रकर्मी संघका मधेस प्रदेश अध्यक्ष रहेका कलाकार निर्बिजको बारा, रौतहट, सर्लाही र पश्चिमी महोत्तरीमा बोलिने बज्जिका भाषामा उपन्यास पनि प्रकाशित छ। रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमको बज्जिका भाषाको शीर्षगीत गाएका कलाकार निर्बिजले दर्जनौँ गीत गाउँनुका साथै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेका छन्।

अभिनय विषयमा स्नातक गरेका निर्बिजले कलाकारिता र राजनीतिलाई सँगसँगै अगाडि बडाएका छन्। २५ वर्षे अविवाहित कलाकार निर्बिज नेकपा एमाले स्थायी समितिका सदस्य एवं पूर्व मन्त्री प्रभु साहको स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए।

नेकपा एमालेको फतुवा विजयपुर नगर समितिको अध्यक्षसमेत रहेका कलाकार निर्बिज भाषा, साहित्य, कला र संस्कृतिको सेवा गर्ने व्यक्तिको रुपमा ठूलो पार्टीबाट उम्मेदवार बनेको रौतहटमा पहिलो घटना हो।

प्रकाशित: १४ वैशाख २०७९ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App