१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कालिकोटका सबै पालिकामा विप्लव नेकपाका स्वतन्त्र उम्मेदवार

प्रकाण्डकी बुहारीदेखि संविधानसभा सदस्यसम्म

वैज्ञानिक समाजवाद स्थापनाका लागि चुनाव बहिकार गर्दै आएको नेत्रविक्रम चन्द समूहले विभिन्न पालिकामा उम्मेदवारी दर्ता गराएको छ। स्थानीय तहको निर्वाचन सदुपयोग गर्न नीति अघि सारे पनि दल दर्ता नभएकाले उक्त समूहका नेता कार्यकर्ताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

चन्दसमूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोटका ९ओटै पालिकामा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराइएको छ। कालिकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ। यहाँका ४ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको चन्द समूहले सोमबार थप ५ वटा स्थानीय तहका सबैजसो पदमा उम्मेदवारी दिएका छन्। विप्लवका केन्द्रीय सदस्यदेखि संविधानसभा सदस्यहरू समेतले उम्मेदवारी दर्ता गराएका हुन्।

कालिकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन्। विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन्। रास्कोट नगरपालिका मेयरमा संविधानसभा सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन्।

खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन्। पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रूपसिंह बोहोरा उम्मेदवारी दिएका छन्न्। चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए। कालिकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो।

यस्तै कालिकोटका सबै दलहरूले उम्मेदवारीदिएका छन्। ९ स्थानीय तहमा १ सय ८ जनाले पालिकामा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। जसमा तीन नगरपालिका रहेको कालिकोटमा १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् भने ८ जनाले उपप्रमुखको उम्मेदवारी दर्ता भएको छ। त्यसैगरि ६ गाउँपालिका रहेकोमा ४५ जनाले पालिका अध्यक्ष र ४० जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् र ८२ वडा रहेको कालिकोटमा २ सय ९१ वडाध्यक्ष, १ सय ३८ महिला सदस्य सहित १ सय ११ दलित महिला सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यसै गरेर खुला सदस्यमा ३ सय ४३ गरेर कालिकोट जिल्लाका सबै स्थानीय तहमा ९ सय ८६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। कालिकोटमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपाले उम्मेदवारी दिएका छन्। यसअघि पाँच स्थानीय तह जितेको कालिकोटमा सबै दलले दाबी गर्दै आएका छन्। यसपटकको निर्वाचनमा विप्लव नेकपा पनि सहभागी भएको छ।

प्रकाशित: १४ वैशाख २०७९ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App