१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीका ७९ वटा पालिकामा उम्मेदवारी दर्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, राप्रपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले नगर तथा गाउँपालिका प्रमुखका लागि सोमवार तोकिएको अन्तिम समयसिमामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा बढी उम्मेदवारी सुर्खेत र दैलेखमा परेको छ भने सवैभन्दा कम उम्मेदवारी दर्ता मुगु, हुम्ला र डोल्पामा परेको जनाईएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा मुख्य दलबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। नगर प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले नगर प्रमुख र उपप्रमुखमा रामकुमारी थापाले मनोनयन दर्ता गरेका छन्। 

यस्तै, नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, एकिकृत समाजवादीबाट नगर प्रमुखमा धना जिसी शाही र उपप्रमुखमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा मुकुन्द श्याम गिरीले र उपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।  

दैलेखको ठाटीकाँध गाउँपालिकाबाट अध्यक्षमा लक्ष्मीदेवी शाह, उपाध्यक्षमा देवीराम बडुवाल, कोलिकोटको पचालझरना गाउँपालिकाबाट अध्यक्षमा सविना बोगटी, जुम्लाको गुठीचौर गाउँपालिकाबाट झनमाया जैसी र हुम्लाको चर्खेली गाउँपालिकाबाट विमला कुमारी शाहीलाई अध्यक्षसहित कर्णालीमा ६३ जना महिलालाई उपप्रमुख बनाउने एमालेले निर्णय गरेको छ। 

त्यस्तै दैलेखमा एमालेबाट नारायण नगरपालिकाको प्रमुखमा लोमन शर्मा र उपप्रमुखमा तप्ताकुमारी थापा, आठविस नगरपालिकामा तर्कबहादुर बडुवाल र उपप्रमुखमा कल्पना थापा, चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुखमा सुर्यबहादुर शाही र उपप्रमुखमा नन्दा विष्ट, दुल्लु नगरपालिकाको प्रमुखमा रुद्धबहादुर शाही र उपप्रमुखमा विना कार्कीले उम्मेदवारी दिएका छन्। त्यस्तै नारायण नगरमा काँग्रेसबाट निर्मला खड्काले उम्मेदवारी दिएकी छिन्।

प्रकाशित: १२ वैशाख २०७९ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App