coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टिकट खोसिन थालेपछि एमालेबाट पछि हटे भरत, हरिवंशलाई अघि सारिँदै

दोलखाको भीमेश्वर नगरपालिकामा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ।

जिल्ला कमिटीले नगर प्रमुखमा सिफारिस गरेका वाहलवाला मेयर भरत केसी र र उपमेयर कमला बस्नेतको सिफारिस प्रक्रियाविरुद्ध ८ जना नेता माथिल्लो कमिटी मा उजुरी लिएर पुगेपछि जिल्ला कमिटिको निर्णय उल्टिन लागेको हो।

जिल्लाबाट एकल सिफारिसमा परेका मेयर भरत केसीले चुनाव नलड्ने घोषणा गरेका छन्। माथिल्लो कमिटिले निर्णय उल्टाउन लागेको थाहा पाएपछि उनले चुनाव नलड्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। आफ्नो अपमान भएको दुखेसोसहित केसीले नेताहरु संग आक्रोश पोखेका छन्।

स्रोतका अनुसार गत बुधबार जिल्ला कमिटिले सिफारिस गर्दा अन्यत्र सहमतिमै उम्मेदवार चयन गरेपनि भीमेश्वर, कालिञ्चोक र शैलुङ गाउँपालिकामा विवाद रहँदारहँदै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जबर्जस्ती नाम पढेपछि असन्तुष्टि बढेको थियो।

भीमेश्वर नगरपालिकाका मेयरका आकांक्षी राजेन्द्र मानन्धर, हरिवंश चौलागाईं, प्रविण प्रधान सहित उपमेयरका ५ जना गरेर ८ नेताले माथिल्लो कमिटिमा उजुर गरेका थिए। स्रोतका अनुसार शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो मुद्दा पुगेपछि उनले प्रदेशबाट निर्णय सच्याउन निर्देशन दिएका थिए। निर्देशन पछि आकांक्षी मध्ये हरिवंशका नाममा निर्णय हुन लागेको प्रदेशका एक नेताले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०७९ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App