coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दोलखा एमाले अध्यक्ष विरुद्ध ८ नेताको उजुरीः भीमेश्वरको टिकट प्रदेशबाटै टुंग्याउन माग

जिल्ला कमिटी बैठकमा छलफल र निर्णय नै नगरी पार्टी अध्यक्षले एकलौटी र जर्बजस्ती उम्मेदवारी घोषणा गरेको भन्दै दोलखा एमालेमा प्रमुख र उपप्रमुखको टिकट बाँडफाँड निर्णय बदर गर्न माग गर्दै माथिल्लो कमिटीमा उजुरी परेको छ।

दोलखा एमालेले बुधबार जिल्लाका ९ ओटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी घोषणा गरेको थियो। जिल्ला कमिटी बैठक मार्फत निर्णय गराएर उम्मेद्धारको टुंगो लगाएको भनिएपनि बैठकमा निर्णय नगरेको र छलफल नगरी जबरजस्ती लाद्ने मनशायले उम्मेदवारहरूकाे नाम घोषणा गरेको भन्दै दोलखा एमालेले गरेको निर्णय बदर गरेर माथिल्लो कमिटीमार्फत निर्णय गर्न माग गर्दै प्रदेश कमिटीमा जिल्ला उपाध्यक्ष सहितका नेताहरुले उजुरी दर्ता गराएका हुन्।

उजुरी दिनेहरूमा भीमेश्वर नगरपालिकाका आकाँक्षीहरू छन। उनीहरूले भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँडफाँडमा असहमति राखेका छन्। उजुरी दर्ता गर्नेहरूमा जिल्ला उपाध्यक्ष समेत रहेका भीमेश्वर नगरका मेयरका आकाँक्षी राजेन्द्र मानन्धर, हरिवंश चौलागाई र प्रविण प्रधान साथै उपमेयरका आकाँक्षी जानुका न्यौपाने, मेनुका सुवेदी, सीता केसी, पूर्णिमा खरेल र रुपा शाही भुजेल छन्। उनीहरूले आफ्नो दावी यथावत रहेकाले प्रदेश कमिटीबाट भीमेश्वर नगरको टिकट टुंगो लगाउन आग्रह गरेका छन्। भीमेश्वर नगरपालिकामा वाहलवाला मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई नै दोहोर्‍याउने निर्णय दोलखा एमालेले गरेको थियो।

बुधबार जिल्ला कमिटि बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारहरूहरूको नाम प्रस्ताव गरेर छलफल नै नगरी र बैठक समापन नै नगरी हलबाट बाहिर निस्किएको एक जिल्ला कमिटी सदस्यले बताए। ‘सुरुमा हाम्रो उपस्थिति उठाइयो, प्रमुख अतिथि जिल्ला इन्चार्ज हुनुहुन्थ्यो, अध्यक्षले सरासर नाम पढ्नु भयो र यही हो निर्णय भनेर हलबाट भाग्नुभयो’ ति जिल्ला कमिटि सदस्यले भने। प्रमुख अतिथि रहेकी जिल्ला ईन्चार्ज सरस्वती बस्नेतले अपमानित महसुश गरेको ती सदस्यले सुनाए।  

पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले उम्मेद्धारी छनोट बिधि सम्वत गरिएको दावी गरे। ‘शुरुमा आकाँक्षी राखेर समूहगत छलफल गर्‍यौं, त्यसपछि शीर्ष नेतृत्वको राय सल्लाह पछि जिल्ला कमिटीबाट अनुमोदन गराएका हौं’ उनले भने – ‘उम्मेद्धारको छनोट लोकतान्त्रिक विधि सम्वत छ, उजुर गर्ने साथीले नै जिल्ला कमिटिको बैठकमा स्वागत भाषण गर्नुभएको हो।'

प्रकाशित: ९ वैशाख २०७९ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App