४ वैशाख २०८१ मंगलबार
राजनीति

गठबन्धनमा उम्मेदवार मिलाउन सकस

 सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणापछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।

कालिकोटमा क्रियाशिल तीन दलसँगै राष्ट्रिय जनमोर्चा र जसपा पनि रहेका छन्। तीन दल ठूला र दुई दल साना गरी पाँचदलीय गठबन्धन कालिकोटमा पनि छ। सबैलाई मिलाउन समस्या भएको माओवादी केन्द्रले बताएको छ।

माओवादी केन्द्र कालिकोटमा सबैभन्दा शक्तिशाली छ। उसले छ स्थानीय तहका प्रमुख, अध्यक्ष र चार स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष आफूले राख्ने र वाँकी तीन प्रमुख, अध्यक्ष र छ उपप्रमुख उपाध्यक्षमा अरू चार दललाई सहभागी हुन भनेको छ।

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य तथा पलाँता सरकारका प्रमुख लक्ष्मणबहादुर बमले आफूहरू उसै पनि जित्न सक्ने भएकाले मिलन भन्ने आस हो, नमिले पनि आफ्नो पार्टीलाई कुनै समस्या नभएको बताए।

उनले २०७४ को चुनावलाई हेर्दा आफ्नो पार्टीले पाँच स्थानीय तहमा प्रमुख, उपप्रमुख जितेका हौं। यस्तै एक स्थानीय तहमा उपप्रमुख गरी ११ सिट जितेको माओवादी अहिले गठबन्धनमा आउँदा १० मा सीमित हुन खोज्दै छ। त्यही अनुसारका वडामा पनि माओवादी केन्द्रपछि हट्छ। यति हुँदा पनि नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका दल मिलेनन् भने उनीहरूलाई नै घाटा हुने बताएका छन्।

यता नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सहइन्चार्ज तुलाराज सिंखडाले पहिलो शक्ति माओवादीलाई भन्न नमिल्ने बताए। त्यो बेला र अहिले परिवेश बदलिएको उनको भनाइ छ। धेरैजसो नेता कार्यकर्ता माओवादी केन्द्रका नेकपा एसमा समायोजन धएका छन्। त्यसको पनि माओवादी केन्द्रले हिसाव राख्नुपर्ने उनको तर्क छ।

नेपाली काग्रेसका उपसभापति शंकरप्रसाद उपाध्यायले माओवादी र एमालेमा विभाजन आएको र काग्रेस सक्लो भएकाले सबैभन्दा ठूलो दल कांग्रेस भएको दाबी गरे। उनले भने, ‘मिलनबिन्दु भनेको एकले अर्काको कुरा सुन्ने र सहमति जनाउने हो। त्यसो नभए कांग्रेस छुट्टै लड्ने र जितेर आएपछि मात्र पार्टीको सल्लाह लिनेछ।’

उनले अन्यत्र समीकरण भए पनि तिलागुफा नगरपालिकामा आफ्नो दललाई नगरप्रमुख नदिएमा आफूहरू छुट्टै लड्ने भन्दै चुनाव प्रचारमा जुटिसकेका छन्। २०७४ सालको चुनावमा पनि माओवादी केन्द्रका उम्मेदवार रतन बहादुर शाहीबाट झिनो मतले पराजित भएका उपाध्यायको पक्षमा जनमत बढेको अन्य पार्टीका नेताहरूले पनि स्वीकार गर्न थालेका छन्।

नेपाली कांग्रेसका बहुमत कार्यकर्ताले पनि तिलागुफा नगरपालिकामा आफूहरूले गठबन्धनवाटै प्रमुख पाउनु पर्ने दाबी गर्दै आएका छन्। काग्रेस सभापति अम्मबहादुर शाही पनि त्यही क्षेत्रकै भएकाले आफ्नो क्षेत्रमा प्रमुख पार्ने दाउमा रहेका छन् तर माओवादी केन्द्रले त्यहाँ प्रमुख दिन नसकिने भन्दै आएको छ।

यता नेकपा एमाले भने एक्लै चुनावी मैदानमा जाने तयारी गरेको छ। पार्टी विभाजनको असर कालिकोटमा धेरै पनि एमाले आफू कमजोर नभएको दाबी गदै आएको छ। एमालेले आन्तकिक विश्लेषण गर्दै नेता गए पनि जनता आफूसँगै रहेकाले चुनाव नेताले भन्दा पनि जनताको मतले जिते भन्दै एक्लै चुनावमा होमिन त्यही अनुसारका कार्यकर्तालाई टिकट दिने योजना बनाइरहेको छ।

एमालेप्रति जनताको चासो, सहभागिताले आफुहरू वलियो भएको पुष्टी गरेको एमालेको बुझाइ छ। सभामा आएको जनमासलाई आधार मानेर एमाले आफू बलियो भएको दाबी गर्दैै आएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App