७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वोच्चमा रिट

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा अनुमोदनका लागि टेबुल भएको भोलिपल्ट त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।  

टेबुल भएको सम्झौता पारित गर्न नमिल्ने दाबी गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पेस गरिएको हो। सर्वोच्च प्रशासनले दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार मात्र लिनेछ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी एमसिसी सम्झौता संसद्ले अनुमोदन गर्न नमिल्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन्।

सर्वोच्च प्रशासनका अनुसार रिट दर्ताका लागि आए पनि प्रक्रियामा प्रवेश गरिसकेको छैन।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार रिट निवेदनका विषयमा दर्ता गर्ने वा नगर्ने निर्णय हुन बाँकी छ। ‘आज (सोमबार) पेसमात्रै भएको छ, दर्तासम्बन्धी निर्णय भोलि (मंगलबार) हुनेछ,’ उनले भने।

प्रकाशित: १० फाल्गुन २०७८ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App