१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा मतदान सम्पन्न

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानीय तहका २ सय ७२ मध्ये २ सय ७० र ९२ जना प्रदेशसभा सदस्य मध्ये ९१ जनाले मतदान गरेको निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।  

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरी कुल ३ सय ६४ मतदाता छन्। प्रदेश १ मा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गनमा मतदानको व्यवस्था गरिएको थियो। प्रदेश १ मा ३ पदका लागि ८ जना उम्मेदवार छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राई चुनावी प्रतिष्पर्धामा छन्। यस्तै एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा उमेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमर विष्ट र रञ्जु प्याकुरेल चुनावी प्रतिष्पर्धामा छन्। मतदान सकिएलगत्तै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयको तयारी छ।

प्रकाशित: १२ माघ २०७८ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App