७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभाको सबै सिट गठबन्धनले जित्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए। उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताए।

अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरुले जित्ने दाबी समेत गरे। अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए। 

प्रकाशित: १२ माघ २०७८ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App