८ वैशाख २०८१ शनिबार
राजनीति

चीनबाट फर्केका माओवादी नेता पुनले भेटे प्रचण्डलाई

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन्। स्वास्थ्य उपचार गरेर चार महिनापछि चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका थिए।

भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेको बताइएको छ। प्रचण्डको फेसबुक पेजमा  ‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,’लेखिएको छ।

यसैगरी नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गरेका थिए। अध्यक्ष प्रचण्डको पहलमा र परराष्ट्र मन्त्रालयको सहयोगमा पूर्वमन्त्री पुन उपचारका लागि सुरुमा बैंकक र त्यसपछि उतैबाट चीन गएका थिए।

प्रकाशित: ११ माघ २०७८ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App