८ वैशाख २०८१ शनिबार
राजनीति

भूमाफियाले हडपेको जग्गा फिर्ता ल्याउन मुस्लिम समुदायका अगुवाहरुको माग

काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।

बिहीबार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन्। सो सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भएपनि पछिल्लो समय भूमाफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन्।

मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहने गरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उनले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।

मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा छिट्टै सरकारको नाममा आउनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ६ माघ २०७८ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App