coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि बन्याे एमाले–लोसपाको गठबन्धन

यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। आज दुई दलबीच गठबन्धन गर्ने सहमति भएको हो।

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन्।

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सयुंक्त हस्ताक्षर गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको छ।

प्रकाशित: ६ माघ २०७८ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App