८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेशको नाम यहि अधिवेशनबाट टुंगो लगाउँछौंः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले माघ २० गते भित्रमा प्रदेशसभाको बैठक बोलाउने र यहि हिउँदे अधिवेशनबाट नामाकरण टुंगो लगाउने बताएका छन्। मंगलबार मुख्यमन्त्री राईले सचिवालय मार्फत भिडियो सार्वजनिक गर्दै यहि हिउँदे अधिवेशनले प्रदेशको नाम टुंगो लगाउने बताएका हुन्।

उनले प्रदेशको नाम संसदले टुंगो लगाउने भएकाले आफ्नो सरकार गठन भएपछि प्रदेशसभाको बैठक नै नबसेका कारण नामाकरणको विषय अघि बढ्न नसकेको स्पष्ट पारे। ‘संसदको बैठक नबसेर नामाकरणको विषय अघि नबढेको हो’, उनले भने,‘संसदले टुंगो लगाउने भए पनि प्रदेश सरकारले सकृय रुपमा सहजकर्ताको भूमिका खेल्छ र नाम टुंगो लगाउँछौं।’

सरकार गठन भएदेखि नै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए।

प्रकाशित: ४ माघ २०७८ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App