coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ मा नयाँं कमिटी निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं.१ को राजधानीमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ कमिटी निर्वाचित भएको छ। पार्टी स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालवाबु पण्डितले निर्वाचित नयाँं कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन्।

निर्वाचित नयाँं कमिटीको अध्यक्षमा कपिलदेव ओली, उपाध्यक्षमा खण्डमान राई, सचिवमा नवराज घिमिरे, उपसचिवहरुमा सीताराम अधिकारी र बिमल काफ्ले निर्वाचित भएका छन्। ७४ सदस्यीय कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको हो।

प्रकाशित: ४ माघ २०७८ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App