१६ चैत्र २०८० शुक्रबार
राजनीति

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेशले भोलि (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो।

मधेश प्रदेश सरकारका प्रबक्ता तथा अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने जानकारी गराएका हुन्। नाम र राजधानी तय भएपछिको खुसीयालीमा बिदा दिइएको उनले बताए।

यस्तै, प्रदेशको नामाकरण र राजधानी तय भएपछि आज दीप प्रज्वलन गरी खुसीयाली पनि मनाइरहेको उनले बताए।

प्रकाशित: ३ माघ २०७८ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App