coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले कास्कीमा पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङ विजयी

एमाले कास्कीको अध्यक्षमा निर्वाचित मनबहादुर गुरुङ।

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन्। नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङ नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका हुन्।  

उनले एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी समूहका दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। विजयी गुरुङले ४ सय ५६ मत प्राप्त गरे भने पराजित बैरागीले ४०७ मत प्राप्त गरे।

कास्कीमा पृथ्वीसुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएरै चुनाव लडेका थिए। अधिकारीको गृहजिल्ला कास्कीमा पिएस समूह कमजोर मानिन्थ्यो। तर यसपटक भने अधिकारीको कब्जा तोडेर पिएस समूहले प्रभावशाली उपस्थिति देखाएको छ। उपाध्यक्षमा पिएस समूहकै तेजनारायण अधिकारी बिजयी भएका छन्। उनले अधिकारी समूहका प्रभा कोइरालालाई ८ मतान्तरले हराउँदै बाजी मारेका हुन्। बिजयी अधिकारीले ४२१ मत प्राप्त गर्दा पराजित कोइरालाले ४१३ मत प्राप्त गरिन्।

सचिवमा भने अधिकारी प्यानलका बैनबहादुर अधिकारी क्षेत्री बिजयी भए। उनले पिएस समूहका विष्णु केसीलाई १११ मतान्तरले हराए। बिजयी अधिकारीले ४७५ मत प्राप्त गर्दा पराजित केसीले ३६४ मत प्राप्त गरे।

त्यस्तै उप–सचिवमा अधिकारी प्यानलकै दर्शन लामा र नवराज ओझा बिजयी भए। उनीहरुले पिएस समूहका ईमानराज पौडेल र मनभुजा विकलाई पराजित गरे। बिजयी लामाले ५४० र ओझाले ४४३ मत प्राप्त गर्दा पराजित पौडेलले ३५५ र विकले २३७ मत प्राप्त गरे।

पदाधिकारीको मतगणना सकिएलगत्तै सदस्यहरुको मतगणना शुरु गरिएको छ। एमाले कास्कीमा कुल ९१९ मतदाता रहेकोमा ८९६ जनाले मतदान गरेका थिए।

प्रकाशित: २८ पुस २०७८ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App