८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको जिल्ला अधिवेशन: खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो

गणेशचौक स्थित योग भवनमा मतगणनाका लागि बसेका गणकहरु। तस्बिरः गोविन्द/नागरिक

शुक्रबारदेखि नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन सुरु भएको छ। सहमति हुन नसकेपछि जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्यका लागि मंगलबार भएको मतदानमा खसेको भन्दा बढी मतपत्र देखिएपछि मत गणना रोकिएको छ। मंगलबार रातीबाट मत गणनाको तयारी गरेपछि मतपत्र गन्दा बढी देखिएपछि स्थगन भएको हो।  

बुधबार विहानैदेखि मत गणना हुन नसकेपछि सहमतिका लागि छलफल भईरहेको छ। फेरि चुनाव हुने सम्भावना बढी रहेको एमाले दैलेखका एक नेताले नागरिकन्यूजलाई बताए। मंगलबार भएको चुनावमा कुल मत ७ सय २१ रहेको थियो। जसमा ७ सय १७ मत खसेको थियो। मत गणनाको तयारी गर्दा ७ सय ४८ मतपत्र देखिएपछि विवाद बढेको हो। खसेको मतपत्रभन्दा ३१ मत बढी देखीएपछि विवाद भएको हो। अध्यक्षमा रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिष्पर्धा रहेको छ। पदाधिकारी र सदस्यहरुको लागि चुनाव गरिएको थियो। बढी मत देखिएपछि मतगणना रोकिएर छलफल चलिरहेको एमाले नेता नन्द्रकिशोर बस्नेतले जानकारी दिए।

प्रकाशित: २८ पुस २०७८ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App