coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङको निर्वाचनमा ६५१ मत खस्यो

मतगणनाबारे केहीबेरमै निर्णय हुने

नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ६ सय ५१ मत खसेको छ। ६ सय ७१ मतमध्ये २० मत कम अर्थात् ६ सय ५१ मत खसेको निर्वाचन समितिका सदस्य अधिवक्ता बलराम भट्टराईले जानकारी दिए। अहिले मतदान कार्य पूरा भएर मतपेटिकामा लाहछाप गर्ने कार्य भइरहेको भट्टराईले बताए। ‘मतगणनाबारे केहीबेरमा छलफलपछि निर्णयमा पुग्छौं,’ भट्टराईले भने।

अध्यक्षमा बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबे, उपाध्यक्षमा मात्रिकाप्रसाद भट्टराई र सन्तोष खतिवडा, सचिवमा केशरकुमार सुब्बा र मंगलसिंह केदेम, २  उपसचिवका लागि दीपेन पोमू, मणिशंकर पोमू, लिलाचक्र गुरुङ र सन्तोष चोङ्वाङ प्रतिश्पर्धी छन्। प्रत्येक वडाका १–१ जनाको दरले भूगोलबाट आउने ६१ जना जिल्ला कमिटी सदस्य मध्ये फुङ्लिङ नगरपालिकाको वडा नं ३ र आठराइ त्रिबेणी गाउँपालिकाको वडा नं १ बाट बाहेक ५९ वटा वडाबाट जिल्ला कमिटी सदस्य निर्विरोध भइसकेका छन्।

यद्यपी निर्वाचन समितिले भने अहिले सम्म घोषणा गरेको छैन। ६ महिला खुल्ला सदस्यका लागि ९, ३ दलित सदस्यका लागि ६ र १३ खुल्ला सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको छ। खुल्ला १३ सदस्यका लागि साम्सोहाङ र थेबे पक्षबाट १३–१३ गरी २६ र १ जना स्वतन्त्र उम्मेदवार छन्।

प्रकाशित: २६ पुस २०७८ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App