८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले गोरखाको अध्यक्षमा गुरुङ, उपसचिवसहित केही सदस्य चुनावबाट चयन

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन सकिएको छ। अध्यक्षमा प्रेम गुरुङ पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्। जिल्ला कमिटीको उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजिराम रोका चयन भएका छन्।

दुईजना उपसचिवका लागि भएको निर्वाचनमा सुरेशबाबु श्रेष्ठ र विशाल थापा विजयी भए। अर्का उप सचिवका उम्मेदवार राजन गुरुङ थिए।

अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ६३ सदस्य सर्वसम्मत चयन भएपनि उपसचिव र केही सदस्यका लागि चुनाव भएका हो। २० खुला सदस्य, पाँच जना जनजाति पुरुष सदस्य र तीन जना उत्पीडित पुरुष सदस्यका लागि भने निर्वाचन भएको थियो। यससँगै अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।

अधिवेशन सकिएलगत्तै नयाँ जिल्ला कमिटीको सपथग्रहण पनि सोमबार भएको एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए। एमाले केन्द्रीय सदस्य रामशरण बस्नेतले नयाँ कमिटीलाई सपथ ग्रहण गराएका हुन्।

सोमबार बसेको पहिलो बैठकेले सातौँ जिल्ला अधिवेशनमा सहभागी र सम्पन्न गर्न मद्दत गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव रोकाले बताए। जिल्ला कमिटीको दोस्रो बैठकले केही सदस्य मनोनित गर्नेछ।  आगामी बैठक माघको ३ र ४ गते बस्ने निर्णय भएको उनले बताए।

प्रकाशित: २६ पुस २०७८ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App