coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले इलामको अध्यक्षमा बस्नेत निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा.देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित भए।

१०औं जिल्ला अधिवेशनको गएराति सम्पन्न मत परिणाम अनुसार बस्नेतले ६ सय ९४ मत ल्याउँदा दुलालले ६४ मत ल्याएका छन्। ८ सय ६ प्रतिनिधिमध्ये ७ सय ६३ मत खसेको थियो। अध्यक्षमा निर्वाचित बस्नेत इलाम नगरपालिकाका मेयर हुन्। पार्टी जिल्ला सचिव बस्नेत जिल्ला अध्यक्ष रामबहादुर राना १०औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए। बस्नेत २०५४ देखि २०५९ सालसम्म पनि इलाम नगरपालिकाको मेयर थिए।

जिल्ला उपाध्यक्षमा उदय राई निर्वाचित भएका छन्। उनले ६ सय ४ मत ल्याएका छन्। राई सन्दकपुर गाउँपालिका अध्यक्ष हुन्। निकटतम् प्रतिद्वन्द्वी याम अधिकारीले २ सय ३७ मत ल्याएका छन्। सचिवमा उमेश गुरुङ ५ सय २७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ सय २२ मत ल्याएका छन्।

उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भए। सुवेदीले ४ सय ४४ र आचार्यले २ सय ७२ मत ल्याए। आचार्य माई नगरपालिका उपप्रमुख हुन् भने सुवेदी पार्टीको कार्यालय सचिव हुन्। उपसचिवमा छवि श्रेष्ठले २ सय ५३, रमेश राईले १ सय ९७ र सन्तराम योङहाङले १ सय २७ मत ल्याएका छन्।

१५ खुला सदस्यका लागि ३१ जनाले उम्मेदवारी मनोनयन गरेका थिए। उनीहरूमध्ये सुमन श्रेष्ठ (४५८, प्रकाश खनाल (४२१, गणेशकुमार राई (४२०), देवेन्द्र विश्वकर्मा (४१८, यामबहादुर राई (४०८, प्रवेश पराजुली (३९३), रगुन गुरुङ (३९३), मिलन खत्री (३८४), बुद्धि खनाल (३७१), सुजन नेपाल (३६७), युवराज वाशिष्ठ (३५६), रोमबहादुर लुंगेली (३३१), दिनेश काफ्ले (३०८, वासुदेव रेग्मी (३९८ र कृष्ण सुवेदी (२९५) विजयी भएका छन्।

प्रकाशित: २६ पुस २०७८ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App