७ वैशाख २०८१ शुक्रबार
राजनीति

विधान मिचेर गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउँछः प्रदेश सभापति पुन

नेपाली काँग्रेस लुम्बिनी  प्रदेश सभापति अमरसिंह पुनले विधि विधान मिचेर गरिने गतिविधिले सिंगो पार्टीलाई कमजोर बनाउने बताएका छन्। काँग्रेसलाई बलियो  बनाउँदै अन्य दलसँग लड्न पहिले केन्द्रैदेखि वडा तहसम्मका नेतृत्वले विधि र पद्धतिमा आफूलाई हिँडाउनु पर्नेमा उनले जोड दिए।

आइतबार बुटवलमा सम्पन्न रुपन्देही क्षेत्र नं. २ (क) को नवनिर्वाचित नेतृत्वको पद हस्तान्तरणमा प्रदेश सभापति पुनले विधि र पद्धतीमा रहेर पार्टी गतिविधि संचालन गर्न आग्रह गरे। नेतृत्व विधि, पद्धतिभन्दा बाहिर जान खोजे कार्यकर्ताले सचेत गराउनु पर्नेमा उनले जोड दिए।  

आम निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने दायित्व सबै नेता कार्यकर्ताको भएको भन्दै उनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा तयारीस्वरुप प्रतिनिधिहरु खटाइने बताए। पार्टीलाई थप बलियो र सृदृढ बनाउन चार वर्षे कार्ययोजना निर्माण, तथ्याङ्कहरुको अभिलेखीकरणका लागि सफ्टवेयर निर्माणजस्ता तयारीहरु प्रदेश समितिले गरीरहेको  जानकारी दिए।

रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, रुपन्देही  क्षेत्र नंं.२ (क)का सभापति खड्गबहादुर महत, बुटवल ११ का वडा सभापति जीतबहादुर मल्ल, तिलोत्तमा ३ का वडा सभापति केशरी पाण्डे, मुक्ति अधिकारी, राममाया पौडेल लगायतले बोल्दै अबको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै जुट्नु पर्नेमा जोड दिए।

प्रकाशित: २५ पुस २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App