८ वैशाख २०८१ शनिबार
राजनीति

इलाम एमाले अध्यक्षका लागि बस्नेत र दुलालको उम्मेदवारी

एमाले इलामको अधिवेशन। तस्बिरः भीम/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं जिल्ला अधिवेशनअन्तर्गत नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष महेश बस्नेत र नेता डा.देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ।

बस्नेत इलाम नगरपालिकाका मेयर हुन्। डा.दुलाल पत्रकार हुन भने उनले पत्रकारितामै विद्यावारिधि गरेका हुन्। उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उपाध्यक्षमा उदय राई र याम अधिकारी, सचिवमा उमेश गुरुङ र प्रकाश अधिकारीको उम्मेदवारी परेको छ।

उपसचिवमा रवीन्द्र सुवेदी, छवि श्रेष्ठ, विष्णुमाया रिमाल, रमेश राई र सन्तराम योङहाङले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

सहमति नभए आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक केशवकुमार धौरालीले जानकारी दिए। अधिवेशनमा ८ सय ६ प्रतिनिधि सहभागी छन्। सदरमुकामको सिटी हलमा शुक्रबार अधिवेशनको उद्घाटन भएको थियो। बन्दसत्र त्यहीं भइरहेको छ। उद्घाटन अवसरमा एमालेले जिल्लामा पार्टी स्थापना र सञ्चालनका लागि लामो समयदेखि योगदान गर्ने ४५ जनालाई सम्मान गरेको छ।

प्रकाशित: २४ पुस २०७८ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App