coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता अवधिसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तीन सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका पक्षबाट ३ जना र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरे। यसैगरि एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन्। १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा २९६ मतदाताले मतदान गर्ने छन्।

प्रकाशित: २० पुस २०७८ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App