४ वैशाख २०८१ मंगलबार
राजनीति

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको प्रकृया चलिरहेको छ। लुम्बिनी प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

दाङमा माघ १२ गते हुने चुनावका लागि गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए। यो प्रदेशमा तीन सिटका लागि निर्वाचन हुँदैछ।  

यसपछि एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: २० पुस २०७८ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App