coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी अध्यक्षमा फेरि प्रचण्ड, केन्द्रीय सदस्यले लिए शपथ

नेकपा(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरिएको हो।

यसैबीच नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन्। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा केन्द्रीय समितिको बैठकअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए। यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो।

माओवादीको विधानले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ। १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ। शपथपछि केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ। केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ। माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ। 

प्रकाशित: १९ पुस २०७८ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App