coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो। सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपनबिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ। अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ।

उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो। माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको होे। केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ। अध्यक्ष दाहालले खुलातर्फ १ सय ११ र समानुपातिकतर्फ १ सय २५ केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेस गरेका थिए।

बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन। त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन्। केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्दसत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन्। उनको यो भनाइले पनि महाधिवेशन र केन्द्रीय सदस्य चुन्ने प्रक्रियामा जनवादी केन्द्रीयताकै अभ्यास गर्न चाहेको देखाउँछ। माओवादी केन्द्रले महाधिवेशनमार्फत चुनिएका केन्द्रीय सदस्यको पहिलो बैठकमार्फत सोमबार पदाधिकारीको टुंगो लगाउने भएको छ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ। दाहालले पदाधिकारी चयन पनि सहमतिमै हुने बताउने गरेका छन्। उनले आइतबारको बन्द सत्रमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दै भने, ‘विधानअनुसार केन्द्रीय समितिले पदाधिकारीको विषय टुंग्याउने हो। कतिपयले आजै टुंगो लगाऊँ भनेका थिए। भोलि (सोमबार) नयाँ केन्द्रीय समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारीको टुंगो लगाइनेछ। पदाधिकारीमा करिबकरिब सहमति भइसकेको छ।’

अध्यक्षमा दाहाल नै दोहोरिने निश्चित भए पनि उनीपछिको कार्यकारी पद महासचिवका लागि भने आकांक्षीको संख्या धेरै देखिएको छ। महासचिवका लागि मुख्य दाबेदारका रूपमा नेता वर्षमान पुन र जनार्दन शर्मालाई हेरिएको छ भने कृष्णबहादुर महरा, पम्फा भुसाल, शक्ति बस्नेतलगायतले पनि महासचिवमा आकांक्षा देखाएका छन्।  

बाँकी ६ उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवका लागि पनि विभिन्न नेताले चाहना व्यक्त गरेका छन्। तथापि महासचिवसहितका पदाधिकारीमा पनि दाहालले चाहेकै व्यक्ति चयन हुने निश्चित देखिएको छ।

कोको भए केन्द्रीय सदस्य?

खुलातर्फ

नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरद्सिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्तिनारायण प्रधान, ईश्वरीप्रसाद भट्टराई, सुनिलकुमार मानन्धर, हरिबोलप्रसाद गजुरेल, पुष्पकमल दाहाल, दिलिप महर्जन, सुदन किराती, किरणकुमार राई, सुरेशकुमार राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, सावित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोककुमार मण्डल, भरतप्रसाद साह, प्रकाशहरि पोखरेल, राजु खड्का, जोखकुमार बर्बरिया यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मात्रिकाप्रसाद यादव, प्रह्लाद कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुकबहादुर रोका, तिलक शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, वामदेव क्षत्री, झकबहादुर मल्ल, बिन्जमान बिष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्तिबहादुर बस्नेत, गजेन्द्रबहादुर महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालिबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, शिवबहादुर बस्नेत, कृष्णबहादुर केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिननाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, पर्शुराम रम्तेल, महेन्द्र पासवान, गोपीबहादुर सार्की, दलजित विक सिर्पाइली, विरमान चौधरी, कुमार पौडेल।

समानुपातिकतर्फ

खस आर्य पुरुष

नारायणप्रसाद दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर बिष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले

खस आर्य पुरुष युवा

विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारी

खस आर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, सविता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टिका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा र रुकु चौलागाईं

खस आर्य महिला युवा

यशोधा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिंखडा, गीता तिमिल्सिना र कृष्णा शाह

दलित पुरुष

विष्णुबहादुर विक, एमबहादुर परियार र जगत पार्की

दलित महिला

अञ्जना विशंखे, सुशीला सिर्पाइली, सीता गौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बस्सेल

दलित पुरुष युवा

सुबोध सिर्पाइली

दलित महिला युवा

पार्वती विक

मुस्लिम पुरुष

हकिकुला मुसलमान

मुस्लिम महिला

कौसर साह

मधेसी पुरुष

जगत यादव, सिवकुमार मण्डल, रामकुमार यादव र घनश्याम यादव

मधेसी पुरुष युवा

सुरेन्द्र मेहता

मधेसी महिला

बोधमायाकुमारी यादव, सुनीताकुमारी यादव

आदिवासी जनजाति पुरुष

अजम्मर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, दीपबहादुर योन्जन, दीपेन्द्रकुमार पुन मगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, पर्शुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति र छक्कबहादुर लामा

आदिवासी जनजाति पुरुष युवा

इन्द्र आङबो, हेमकुमार राई, डम्बर घर्तीमगर र नवीन जिरेल

आदिवासी जनजाति महिला

अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गाजयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किराती, पी घर्ती लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन र माया वल

आदिवासी जनजाति महिला युवा

बिना मगर, आर तामाङ, ममता ताजपुरिया र कमला दोङ

थारु पुरुष

सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी

थारु पुरुष युवा

अमनलाल मोदी

थारु महिला

रूपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी

थारु महिला युवा

रामकुमारी चौधरी

पिछडिएको क्षेत्र पुरुष

नरेश भण्डारी

पिछडिएको क्षेत्र महिला

देवकी मल्ल

अपांगता पुरुष

चुरामणि खड्का

अपांगता महिला

चम्पा कार्की

प्रकाशित: १९ पुस २०७८ ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App