७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाली काँग्रेस नेतृत्वको सरकारले उद्योग बेच्यो: प्रसाइँ

नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन्।  

मेडिकल कलेज सञ्चालक समेत रहेका उपप्रमुख प्रसाईँले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताए। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे।  

उपप्रमुख प्रसाईले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो। त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए। तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु। जब नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो। र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए। हरियो पार्सपोर्टको खेती मौलायो। डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन बैदेशिक रोजगारीका लागि।’

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबी समेत गरे। ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो।

प्रकाशित: १७ पुस २०७८ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App