८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावपछि पार्टीको विशेष महाधिवेशनः प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन्। शुक्रबार पार्टीको महाधिवेशनस्थल कमलादीबाट निस्कने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले संगठनको रुपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन आवश्यक रहेको बताए।

जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने सुरुवात भएको बताए। चुनावपछि विशेष अधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनको भनाइ थियो।

उनले आठौँ राष्ट्रिय महाधिवेशन सभ्य र भव्य रुपमा अगाडी बढिरहेको बताए। आफ्नो राजनीतिक प्रतिवेदन जोडदार ढंगले पारित भएको उनको भनाइ छ। शनिबार विधान पारित हुने र केन्द्रीय कमिटी पनि निर्वाचित हुने उनले जानकारी दिए।

प्रकाशित: १६ पुस २०७८ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App