८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ को नाम र राजधानी टुंग्याउन समिति गठन

सहमतिमा प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।

सभामुख यादवको संयोजकत्वमा ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ। दलीय सहमतिका आधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको छ। समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्ने सभामुख यादवले बताए।

समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ। सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ। सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने बताइएको छ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टीले वार्ता टोली नै गठन गरी प्रदेश २ को नाम ‘मधेस प्रदेश’ प्रदेशसभा सदस्यहरुलाई एकमत बनाउने प्रयास थालनी गरेपनि सम्भव हुन सकेन। बिहीबार प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठकमा मधेससहित चार नाम प्रस्ताव गरिएको थियो।

‘मधेस प्रदेश’ को प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकमत छन्। प्रदेश २ को प्रदेशसभामा एक सय ४ जना सदस्य छन्। प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, माओवादी केन्द्रका ८ सांसद छन्। प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ।

यी हुन् समितिमा रहेका प्रतिनिधिहरू:

१. सभामुख सरोजकुमार यादव – सभापति

२. उपसभामुख उपमा देव – उपसभापति

३. उपेन्द्रप्रसाद कुशवाहा – सदस्य

४. किशोरी साह (कमल) – सदस्य

५. जगतप्रसाद यादव – सदस्य

६. दिलीपकुमार साह – सदस्य

७. परमेश्वर साह – सदस्य

८. विन्देश्वरप्रसाद यादव – सदस्य

९. शत्रुधन महतो – सदस्य

१०. शारदादेवी थपा – सदस्य

११. शिवचन्द्र चौधरी – सदस्य

१२. शैलेन्द्रकुमार यादव – सदस्य

१३. सञ्जयकुमार यादव – सदस्य

१४. सावित्रीदेवी साह – सदस्य

१५. सुन्दरबहादुर विश्वकर्मा – सदस्य

१६. सुरीता साह – सदस्य

प्रकाशित: १३ पुस २०७८ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App