८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी एमसिसीको विरोधी होइन: प्रचण्ड

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताएका छन्। प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तरक्रियामा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने बताए। उनले एमसिसीका विविध पक्ष केलाउन गठबन्धनले कार्यदल बनाएर अध्ययन थालेको बताए।

‘माओवादी एमसिसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडि बढ्नुपर्छ भनिएको हो’, उनले भने, ‘तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ। आएको सुझावअनुसार नै अगाडि बढ्छ।’ 

यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसिसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १० पुस २०७८ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App