coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस प्रदेश २ को मतदान सम्पन्न

संस्थापन र संस्थापनइतर पक्षबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस प्रदेश २ प्रथम अधिवेशन अन्तर्गत बिहीबार राती सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान साढे ९ बजेबाट सुरु मतदान राती ८ बजे सम्पन्न भएको थियो।

नेपाली कांग्रेस प्रदेश अधिवेशनमा कुल १ हजार ९ सय ३८ मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल चार बुथ राखिएको थियो। निर्वाचन समितिका अनुसार धनुषा र महोतरीको बुथमा कुल ४ सय ६६ मतदाता रहेकोमा शत प्रतिशत मत खसेको छ। सिरहा र सप्तरीको बुथमा रहेको कुल ४ सय ९४ मतदातामा ४ सय ६५ मत खसेको छ। सर्लाही र रौतहटको बुथमा कुल ४ सय ९० मतदातामा ४ सय ८२ मत खसेको छ भने बारा र पर्साको बुथमा रहेको कुल ५ सय ९ मतदातामा ४ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी अधिवेशनमा ७२ पदका लागि मंगलबार १८० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये पाँच जना सदस्य बुद्यबानै निर्विरोध चयन भइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भएको छ।  

प्रदेशको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट कृष्ण यादव र संस्थापनइतर (विमलेन्द्र निधि) पक्षबाट नेपाली कांग्रेस प्रदेश २ संस्दीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको बताइएको छ।  

अर्का उम्मेदवार कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन्। रामसरोज निधि र शेखर कोइराला पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।  

कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादव उम्मेदवार छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ उम्मेदवार छन्। सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवार छन्।  

अर्का सभापति उम्मेदवार रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल उम्मेदवार छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवार छन्। सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेतले रामसरोजको प्यानलबाट उम्मेदवार छन्।

प्रकाशित: ८ पुस २०७८ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App